जेन जेड आन्दोलनमा यी नेताहरुका घर खरानी भए

काठमाडौँ – ‘जेन–जेड’ प्रदर्शनले उग्र रुप लिँदा मुलुक क्षणभरमै तहसनहस भएको छ । भदौ २३ र २४ गते भएको ‘जेन–जेड’ को प्रदर्शनले निजी र सरकारी सम्पत्तिमा अन्धाधुन्ध आगो लगाउँदा सबै खरानीमा परिणत भएको हो ।
आन्दोलनकारीको निशानामा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी प्रमुख निशानामा पर्दा ठूलो क्षति पुगेको छ भने छिटफुट रुपमा नेकपा एस, लोसपा र जसपाका नेताहरु परेका छन् ।रास्वपा र राप्रपा निकट नेताहरुको घरमा भने कुनै किसिमको आक्रमण वा क्षति भएको छैन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घर भनिएका स्थानहरूमा नेपाली तथा विदेशी नोटका चाङ्ग जलेर खरानी भएका छन् । नेताका घरमा भएको आगजनी, व्यावसायिक प्रतिष्ठानहरूको अवस्था हेर्दा हाल चलनचल्तीमा रहेको ६ खर्ब ५५ अर्ब रुपैयाँको करिब २५ देखि ३० प्रतिशत नेपाली नोटहरू नष्ट भएको र उक्त रकमहरु न्यूनतम १ खर्ब २५ अर्बदेखि २ खर्ब रुपैयाँ बराबर हुनसक्ने अनुमान गरिएको छ।
जेन जेड आन्दोलनमा जलेका नेताहरूको घर :
नेकपा एमाले :
१. प्रधानमन्त्री ओलीको तेह्रथुमको पुर्ख्यौली घर, झापा, भक्तपुरको बालकोटस्थित घर,
२. पृथ्वी सुब्बा गुरुङ,
३. गोकुल बाँस्कोटा,
४. महेश बस्नेत,
५. विष्णुप्रसाद पौडेल,
६. पदम गिरी,
७. सुरेन्द्र पौडेल,
८. शङ्कर पोखरेल,
९. ईश्वर पोखरेल,
१०.रघुवीर महासेठ,
११. योगेश भट्टराई
१२. कोमल वली।
१३. सूर्य थापा,
१४ आनन्दप्रसाद पोखरेलको लोकन्थलीस्थित घर,
१५. लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यको सन्धिखर्कको घर,
१६. भूमि व्यवस्था गरिबी निवारण मन्त्री बलराम अधिकारीको कपिलवस्तुको घर ।
नेपाली काँग्रेस :
१. शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घर,
२. आरजु देउवाको कञ्चनपुरस्थित घर,
३.राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित घर,
४. पूर्णबहादुर खड्का,
५. गगन थापा,
६. विश्वप्रकाश शर्मा,
७.प्रकाशमान सिंह ,
८.दीपक खड्का,
९.रमेश लेखक।
१०. विश्व पौडेल,
११. सांसद राजेन्द्र बजगाईँ बालुवाटारको बर्णबास होटेल।
माओवादी केन्द्र:
१. प्रचण्ड’ को खुमलटार र चितवनको शिवनगरस्थित निवास,
२. प्रचण्ड पुत्री गङ्गा दाहालको घर
३. नारायणकाजी श्रेष्ठ,
४. नन्दबहादुर पुन,
५.कृष्णबहादुर महरा,
६.अग्निप्रसाद सापकोटा,
७.माधव सापकोटा (सुबोध),
८.अधिवक्ता रामनारायण बिडारी
९. चक्रपाणि शर्माको कपिलवस्तुको घर
नेकपा एसः
१. माघव नेपाल
२. रामकुमारी झाँक्री
लोसपाः
शरदसिंह भण्डारी,
जसपा नेपालः
१. उपेन्द्र यादव,
२. प्रदीप यादव
यी बाहेक पनि विभिन्न राजनीतिक दलका जिल्ला, नगर तथा प्रदेश स्तरका दर्जनौँ नेताहरुको घरमा आगजनी तथा तोडफोड भएका छन् ।







