म आफ्नो निजी स्वार्थका लागि काम गरिराखेको छैन : प्रधानमन्त्री

नमस्कार सम्माननीय प्रधानमन्त्रीज्यू !
नमस्कार !
सबैभन्दा पहिले म समयका लागि आभारी छु ।
धन्यवाद ।
अचानक संयोगवस यो अन्तवार्ताका लागि मौका मिल्यो, फेरि आभारी छु । थ्याङ्क्यु फर योर टाइम सर !
थ्याङ्क्यु ।
जब अन्तवार्ताको प्रस्ताव आयो, मैले अनुरोध गरेको चाँडै स्वीकार पनि भयो । मैले त्यो बखत के सोच्न थालँे भने नि, प्रधानमन्त्रीज्यू, मलाई आजभोलि अन्तर्वार्ता गर्न खासै जाँगर पनि लाग्दैन ।
म जस्तै हुनुभयो ।
किनभने हाम्रो मुलुकमा अन्तर्वार्ताका दुईवटा शैली विकसित भएका छन् । एउटा अनेक गरेर, अनेक चाकडी गरेर उसलाई अन्तर्वार्ताका निम्ति तयार गर्न ल्याउने, अनि त्यसपछि चिथोर्ने । मलाई मनमा लागेको कुरा भनेको, एउटा चिथोर्ने शैली, अर्को जे पनि मुन्टो हल्याउने, हो हजुर, हो । एस सर, एस म्याडम भनिरहने । म यो दुईवटै काम गर्न अलिकति जाँगर लाग्दैन । उमेरले पनि होला । तथापि आइ फिल गुड द्याट आइ क्यान टक टु युु । सुरुवात म कहाँबाट गर्न चाहन्छु भने प्रधानमन्त्रीज्यू, केही वर्ष अगाडि म अन्नपूर्ण पोष्टमा ग्रुप एडिटर हुँदाखेरी चुनावको बखत थियो । दिउँसो तपार्ईंंसँग यात्रा गर्ने मौका पनि पाएको थिएँ । साँझ दश बजे तपार्ईंंले अन्तर्वार्ता दिनुभएको थियो । तपार्ईंंले सुरुवातमा के भन्नुभयो भने, कि विजय म तिमीलाई हरिभक्त कटुवालको एउटा कविता सुनाउँछु् भन्नु भएको थियो अन्तर्वार्ता सुरु हुनुभन्दा अगाडि, जुनलाई धेरै नजिकबाट नहेर, त्यसमा दाग देखिन्छ है, दाग देखियो भने फेरि फेरि हेर्न मन लाग्दैन भनेर । आज संयोगवस अन्तर्वार्ताको संयोग मिलेको छ । मलाई मनमा के लागिरहेको छ भने, तपार्ईंंलाई के सोधौं, के नसोधौं होइन, संसारमा शब्दहरुको, अन्तर्वार्ताहरुको अर्थहीनता बढ्दैछ, नेपालमा मात्रै होइन । अमेरिकामा त्यत्रो आज बोलेको कुरा भोलि ठेगान छैन, भोलि बोलेको पर्सी ठेगान छैन । कस्तो कस्तो लाग्छ, आजको संसार तपार्ईंंले नियाल्दा, आजको नेपालको परिस्थितिको नेपाल नियाल्दा तपार्ईंंलाई कस्तो महशुस हुन्छ भनेको, यो मैले खाली मनमा आउँदा सोचिराखेको, कहाँ आइपुग्यौं हामीहरु ? संसार अनि नेपाल ? हुन त यहाँ मान्छेहरुलाई चिथोर्ने प्रश्नहरुको अपेक्षा होला । विद्यादेवी भण्डारीको बारेमा तपार्ईंंको के विचार छ, रवि लामिछानेको विषयमा के विचार छ, त्यसलाई एकछिन् पर राखौं । म त्योभन्दा अलिक बृहत् कुराबाट सुरु गर्न चाहन्छु ।
हामीले राष्ट्रिय हिसाबले र विश्वव्यापी हिसाबले पनि मानव जातिले असाधारण विकास गरेको छ, प्रगति गरेको छ । यो धेरै राम्रो कुरा हो, पहिलो कुरा । प्रगति सामाजिक प्रबन्ध र सुप्रबन्धका हिसाबले, आर्थिक जीवनका हिसाबले समग्र सामाजिक उन्नति र प्रगतिका हिसाबले ठूलो प्रगति गरेको छ । खुसीको कुरा हो । तर, यो प्रगतिको सदुपयोग हुन पाएको भए, यस प्रगतिलाई समग्र मानव जातिको हितको पक्षमा, अशान्ति होइन, शान्तिको पक्षमा, त्रास होइन, ठुक्क हुने स्थितिको, एउटा सुरक्षित महशुस हुने स्थितिको पक्षमा प्रयोग गर्न सकेको भए, त्यस विपरीतको बाटो नलागेको भए यो संसार साँच्चै सुन्दर हुन्थ्यो । आज जति मान्छे न्युनतम् वा आधारभूत आवश्यकताहरुको परिपूर्ति नभएर साँच्चैको तड्पिने स्थितिमा छन् । त्यो स्थिति अन्त्य गर्न सकिन्थ्यो, योभन्दा अगाडि पनि सकिन्थ्यो र अहिलेसम्म राम्रो गर्न सकिन्थ्यो ।
अन द होल्ड तपार्ईंंले कस्तो फिल गर्नु हुन्छ, एज अ प्राइमिनिस्टर अफ द कन्ट्री अथवा मानिसको रुपमा उकुसमुकुस छ नि । तपार्ईंंले भन्नुभयो नि, भौतिकरुपमा भन्ने हो भने पनि नेपालमा पहिलाभन्दा बेटर छ नढाटी भन्ने हो भने, संसारमा पनि बेटर छ,
धेरै राम्रो प्रगति छ ।
तर, यति हुँदा हुँदै पनि उकुसमुकुस छ । तपार्ईंंलाई एउटा मात्रै कुरा जसले बदर गर्छ, त्यो चाहिँ के हो ?
मान्छे अनावश्यक स्वार्थी भयो र मानवतालाई महत्व कम दिन थाल्यो स्वार्थको कारणले । र मान्छे हिंस्रक परपीडक हुन थाल्यो पहिलेभन्दा बढी ।
त्यो स्वार्थी मान्छेको लिस्टमा तपार्ईंं पर्नुहुन्छ कि पर्नु हुन्न ?
यो मैले नै भन्दा अलिक असजिलो लाग्न सक्छ । तर यदि बोल्नै पर्छ भनेर तपार्ईंं भन्नुहुन्छ भने, म आफ्नो निजी स्वार्थका लागि काम गरिराखेको छैन ।
मानिसले आफूले आपूmलाई हेर्नु गाह्रो हुन्छ ।
म तपार्ईंंलाई हेर्नु भन्छु । तथ्य प्रमाण र तर्कहरूको साथ तपार्ईंंले मलाई हेर्नुस् भन्छु र तपार्ईंंले जज गर्नुस् भन्छु । तपार्ईंं मेरो अगाडि नै जज गर्नुस् ।
मलाई चाहिँ कसैलाई पनि जज गर्न आजभोलि गाह्रो किन भइराखेको छ भने, जवानीमा म सजिलै जज गरिदिन्थे मानिसहरूलाई होइन, पञ्चायत व्यवस्था थियो । यो व्यवस्था गएपछि नेपालमा रामराज्य आउँछ, हामीहरु विमर्श चलाउन्थ्यौं । पद्म ठकुरीलाई गोली लाग्यो, रातभर म स्टोलको छेउमा बसें । उसलाई हेर्न अस्पतालमा । पञ्चायत व्यवस्था गयो, रामराज्य आएन । त्यसपछि के भन्ने भयो भने, अब यो गणतन्त्र आएपछि रामराज्य आउँछ भने । त्यसबेला पनि मैले मेरो जीवनका सत्यहरू पटकपटक बदलिए के प्रधानमन्त्रीजी । मलाई एउटै मान्छे कहिले राम जस्तो, कहिले रावण जस्तो, कहिले नारद जस्तो लाग्यो । आजभोलि म जज छोडेर अन्डरस्टान्ड अझै बुझ्औं भन्ने प्रयत्न गर्छु के ।
म राम्रो ।
यो सेतो र कालोको विभाजनको जुन पत्रकारिता मैले जीवनको कुनै कालखण्डमा गरे होला, यतिको त हैन है, तर आजको जस्तो मैले पञ्चायतकालको पनि तपार्ईंंसँग इन्टभ्युहरू गरेको छु । अहिलेको जस्तो चिथोर्ने अगाडि जो हो, त्यो चिथोरिन जाने पनि किन होला ? त्यो पनि मैले बुझ्न सक्दिनँ । पब्लिसिटीको मूल्य यत्ति पनि हुन हुँदैन कि अस्ति वामदेवलाई हेर्दै थिएँ विचारा, त्यति खराब त होइनन् के बुढा..
जति अगाडि राखेर चिथोरेको छ…
चिथोरिन नै जानी पनि, चिर्थोछ भन्ने त्यो थाहा भएपछि पनि आई रियल्ली डन नो, एउटा साह्रैै टिप्पणी पनि सुनिन्छ, तर त्यससँगै पब्लिसिटीको लोभ यति छ रे कयौं मान्छेहरुलाई कि कमोडको पारी पट्टि क्यामेरा छ भने कमोडमै टा







