प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिनुहुने

आजको बैठकमा सांसद डा० तोसिमा कार्कीले “हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने” भन्ने सार्वजनिक महत्वको विषयमाथी स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची पनि रहेको छ ।

यसैगरी अर्थमन्त्री विष्णु प्रसाद पौडेलले “धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१” र “आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१” प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्