बढ्यो पेट्रोलियम पदार्थको मूल्य

 काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

मंगलबारदेखि लागू हुने गरी निगमले पेट्रोलको प्रतिलिटर ४ र डिजेल तथा मट्टितेल प्रतिलिटर ३ रुपैयाँले मूल्य बढाएको हो ।

भारतीय आयल कर्पोरेशनबाट खरिद मूल्य बढेर आएकाले आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ ।

मूल्यवृद्धि भएसँगै अब काठमाडौँमा पेट्रोलको मूल्य १७१ र डिजेल तथा मट्टितेलको १६० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्