सन्तुलित रुपमा सेयर बजार अघि बढ्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले विकास वित्तमा भएका अभावहरूको समस्या समाधान गर्ने बताउनु भएको छ ।

सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उहाँले अर्थमन्त्रालयको पदभार ग्रहण गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्याहरू छन् । सबैसँग सहकार्य गरेर समाधान गर्नुपर्छ । अर्थतन्त्रका समस्या समाधान गर्न सरकार अभिभावकका रुपमा अघि बढ्छ। त्यसैले मैंले विकास र वित्तका नयाँ विकल्प खोज्न अध्ययन समिति बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेको छु ।’

साथै उहाँले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेर सन्तुलित ढंगले अगाडि बढाउने बताउनुभयो । मन्त्री पौडेलले सरकारको कार्यक्रम लागू गर्ने क्रममा बजेट बाधक नबन्ने पनि स्पष्ट पार्नुभयो ।

पौडेलले निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी सरकारले आफ्ना काम अघि बढाउने बताउनुभयो । अर्थमन्त्रीका रुपमा पौडेलको यो चौथो कार्याकाल हो ।

प्रतिक्रिया दिनुहोस्