दधिकोट शहरी खानेपानीको अध्यक्षमा खड्का विजयी

भक्तपुर – दधिकोट शहरी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिको निर्वाचनमा कृष्ण हरि खड्का विजयी भएका छन् ।

सूर्यविनायक नगरपालिका वडा नं ४  दधिकोटमा शनिवार राती अबेरसम्म भएको मतगणना अनुसार काँग्रेस, माओवादी सहितको ६ दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका कृष्ण हरि खड्का विजयी भएका हुन् ।

त्यस्तै दधिकोट शहरी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिको निर्वाचनबाट उपाध्यक्ष पदमा वासुदेव बस्नेत, सचिवमा राजन प्रजापति, सहसचिवमा धर्म बहादुर श्रेष्ठ, कोषाध्यक्षमा गठबन्धनका तर्फबाट भरत कुमार खड्का, महिला सदस्यमा सलिना खड्का, अस्मिता थापा, इन्द्रकुमारी भट्टराई, खुल्ला सदस्यमा उमेश रिसाल र श्याम विष्ट विजय भएका छन् ।

त्यसै गरी दक्षिण वाराही प्रणालीबाट मनिष ढुङ्गेल, सिकारिटार प्रणालीबाट रञ्जन राजथला, तर्खगाल प्रणालीबाट विष्णु खत्री र रामेश्वरी श्रेष्ठ सहितको टोलीले विजय हासिल गरेका छन् ।

अनन्तलिङ्गेश्वर खानेपानी वितरण प्रणालीको संयोजकमा‌ दामोदर डोटेल र उनको पूरा प्यानल नै विजयी भएका छन् ।

निर्वाचनमा कुल मतदाताको संख्या तीन हजार २६ जना थिए जसमा दुई हजार तीन सय ७१ जनाले मतदान गरेका थिए भने छ सय ५४ जना अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्