आज एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ चौथोपटक प्रधानमन्त्रीमा नियुक्ती पाउने भएका छन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले तोकेको समयसी आज (आइतबार) साँझ सकिएपछि एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाइन लागिएको हो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि असार ३० गते अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार गरेको आव्हान अनुसार एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका थिए ।

आइतबार साँझ समय ढिला हुने भएकाले सोमवार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताए ।

एमालेका प्रमुख सचेतक महेश बर्तौला अनुसार प्रधानमन्त्रीले शपथ लिएपछि सकेसम्म एकैपटक नभए दोस्रो पटकमा सरकारका सबै मन्त्रीको टुंगो लाग्ने जानकारी दिए ।

यसअघि २२ वटै मन्त्रालय कांग्रेस र एमालेबीच भागबन्डा गर्ने तयारी रहेपनि सरकारलाई अन्य साना दलले पनि समर्थन दिएपछि तीनदेखि चारवटा मन्त्रालय दिनुपर्ने बाध्यता कांग्रेस र एमालेलाई आइलागेको छ ।

प्रतिक्रिया दिनुहोस्