हनुमन्ते खोलाको जलसतह बढ्दो क्रममा, सतर्कता अपनाउन आग्रह

भक्तपुर । भक्तपुरमा गए रातीदेखी लगातार भारी वर्षा हुँदा हनुमन्ते खोलाको जलसतह बढेको छ ।

शुक्रवार राती देखी भक्तपुरका विभिन्न क्षेत्रमा वर्षा हुँदा हनुमन्ते खोलाको जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।

थप वर्षा हुन सक्ने सम्भावना रहेको र हनुमन्ते खोलाको जलसतह क्रमस बढ्दो क्रममा रहेकाले खोला छेउछाउमा बस्नेहरुले सतर्कता अपनाउन जरुरी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जगातीस्थित हनुमन्ते खोला जलमापन केन्द्रले आज बिहान १:५० बजे नै खोलाको जलसतह सतर्कता तह नजिक पुगेको, खोलामा पानी बढ्दो क्रममा रहेको र बाढीको जोखिम समेत रहेकोले तटीय क्षेत्रमा बसोबास गर्नेहरु उच्च जोखिममा परेको बताउदै सतर्कता अपनाउन आग्रह गरेको छ  ।

प्रतिक्रिया दिनुहोस्