यी हुन् खानै नहुने तेलहरू

काठमाडौं – सोयाबिन र तोरीको तेल उत्पादन गर्ने चार ब्रान्डका कम्पनीहरुलाई कारबाही गरिएको छ।

बजार अनुगमन गर्दा सरकारले तोकेको गुणस्तरभन्दा धेरै पेरोक्साइड भ्यालु भएको चार ब्रान्डका कम्पनीलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा मोरङको श्रीराम रिफाइन्ड आयल प्रोडक्ट, वीरगन्ज पर्साको अन्नपूर्ण भेजिटेबल प्रोडक्ट र क्वालिटी विराटनगरका आयल रिफाइनरीका तेलहरु हुन् । यसरी मापदण्डमा नरहेका तेल तीन दिनभित्र फिर्ता ल्याउन, फिर्ता ल्याइएको तेल नष्ट गरिएको प्रमाणसहित काठमाडौँ महानगरपालिकामा उपस्थिति हुन पत्राचार गरेको छ। महानगरपालिकाले प्रत्येकलाई दुई लाख रुपैयाँका दरले जरिबाना समेत गरेको छ ।

१३ ब्रान्डका खाने तेलको नमुना परीक्षण गर्दा चारवटा ब्रान्डका तेलहरूलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशाला परीक्षण पश्चातको प्रतिवेदन प्राप्त भएपछि कारबाही गरिएको थियो।

पक्वान ब्रान्डका रिफाइन सोयाबिन तेल,  अमृत ब्रान्डको रिफाइन सोयाबिन तेल,  क्वालिटी ब्रान्डको रिफाइन सोयाबिन तेल र फेमिली ब्रान्डको तोरीको तेलमा मापदण्डभन्दा धेरै पेरोक्साइड भ्यालु र एसिड भ्यालु पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्