प्रहरी हुँ भन्दै भक्तपुरबाट दुई करोड लुटपाट
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटका एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको छ ।
आफूहरू प्रहरी भएको र खानतलासीका लागि आएको भन्दै चार/पाँचजनाको समूहले दधिकोटका एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट गरेका हुन् ।
भक्तपुर प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको र हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । उक्त घटना मंगलबार राति भएपनि हालसम्म गोप्य राखिएको थियो ।
सीसीटीभी फुटेजमा चार/पाँचजनाको समूह व्यवसायीको घरमा गएको देखेपछि सोही फुटेजका आधारमा प्रहरीले आफ्नो अनुसन्धान अगाडी बढाएको छ ।
घटनाको अनुसन्धान भक्तपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त रुपमा गरिरहेको छ ।