आईसीसी टी-२० : नेपालले पायो १०७ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले १०७ रनको लक्ष्य पाएको छ ।
सेन्ट भिन्सेन्टको किङ्सटाउनस्थित आर्नोस भेल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको बंगलादेशले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्र बनाउन सक्यो।
बंगलादेशका शाकिब अल हसनले सर्वाधिक १७ रन बनाए । महमुल्लाह र राशिद हुशेनले समान १३-१३ रन बनाए ।
नेपालका लागि कप्तान रोहित पौडेल, सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिए। दीपेन्द्र सिंह ऐरी र अनिल साहले एक-एक विकेट लिए ।
दुई हार र एक बराबरीसँगै नेपाल विश्वकपबाट बाहिरिइसकेकोछ । दक्षिण अफ्रिकाविरुद्ध शनिबार एक रनले पराजित भएपछि नेपालको सुपर एटमा पुग्ने लक्ष्य अधुरै रहृयो।
सुपर एटमा पुग्ने सम्भावना समाप्त भए पनि नेपालका लागि यो खेल समर्थकहरुलाई खुसी बनाउने अवसर हो ।