| बिहिबार, बैशाख २०, २०८१

सधैं जोडघटाउ चल्दैन अब एमाले निर्णायक शक्ति बन्छः केपी ओली

इलाम- नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्र केपी शर्मा ओलीले मिशन चौरासीअन्तर्गत आफ्नो पार्टीलाई राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने बताउनुभएको छ ।

आज दक्षिणी इलामको चुलाचुलीको बारगोठेमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै उहाँले अनेक प्रकारका जोड घटाउ गरेर मिलजुल गरेर बहुमत पुर्‍याएर सँधै काम चल्दैन भन्नुभयो ।

उहाँले सधैं गठबन्धन सधैं समीकरण चल्दैन, एमालेको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउँदा मात्र देश बन्ने बताउनुभयो ।

सभामा नेकपा माओबादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेल, स्थायी कमीटी सदस्य विष्णुमाया तुम्बाहाम्फे, लगायतका वक्ताले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्