सरकारी जग्गा हड्पिने चौधरीसहित सबै थुनामुक्त

काठमाडौं । व्यवसायी अरुण चौधरीसहित तीनजना थुनामुक्त भएका  छन ।

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ पर्नुभएको व्यवसायी अरुण चौधरीसहित तीनैजना बुधबार थुनामुक्त भएका हुन् ।

यही १८ माघमा प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) ले चौधरीसहित कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुर पक्राउ गरेको थियो ।

अदालतको आदेशअनुसार उहाँहरूलाई हाजिरी जमानीमा सीआईबीले छाडेको हो ।

प्रतिक्रिया दिनुहोस्