के फेसबुकमा @highlight लेख्दा आइडी ह्याक हुने/नहुने थाहा हुन्छ ?
काठमाडौं – केही दिन देखी समाजिक संजाल फेसबुकको कमेन्टमा @highlight लेख्दा अक्षर नीलो भयो भने फेसबुक आइडी बलियो र कसैले ह्याक गर्न नसक्ने दावीसहितका पोस्टहरु भाइरल भएका छन्। धेरैले यस्ता पोस्टहरु गरेका छन् र त्यसमा लाखौंले कमेन्टहरु समेत गरेका छन् ।
तर समाजिक संजालमा गरिएको यो दावी मिथ्या अर्थात fake भएको देखिएको छ। फेसबुकमा कमेन्ट गर्दैमा ह्याक हुने/नहुने थाहा हुँदैन। फेसबुकको यो फिचरले कमेन्ट गर्ने केही साथीहरुलाई नोटिफिकेसनसम्म जान सक्ने अवस्था आउने उल्लेख गरेको छ ।
कमेन्टमा @highlight लेख्दा फेसबुक पोस्टको भिजिबिलिटी बढ्ने अर्थात् त्यो पोस्टलाई धेरै जनासम्म पुर्याउने गर्दछ।
नेपालमा भएको जस्तै भाइरल पोस्ट भारतमा पनि भएको थियो । भारतमा राखिएको भाइरल पोस्टमा पनि हिन्दी भाषामा उही विषय लेखिएको छ, जुन नेपालमा नेपाली भाषामा लेखिएको छ। यहाँसम्म कि मार्क जुकरबर्गको फोटोसमेत उही छ।
अन्ततः फेसबुक पोस्टको कमेन्टमा @highlight लेख्दा आइडी ह्याक हुने/नहुने थाहा हुँदैन।