| आइतवार, अशोज १६, २०७९

राष्ट्रपतिको कदमलाई सामाजिक संजालमा व्यापक साथ र समर्थन

काठमाडौँ – राष्ट्रपति विद्या देवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेसँगै उहाँको यस कदमलाई आम सर्बसाधारणले व्यापक समर्थन र साथ दिएका छन् ।

मंगलबार राती १२ बजे सम्म विवादस्पद नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने व्यवस्था रहेपनि देश र जनतालाई सर्वोपरी ठानेर उक्त विधेयक प्रमाणीकरण नगर्दा सामाजिक संजाल फेसबुक र ट्वीटरमा राष्ट्रपतिको यस कदमलाई सर्बसाधारणले व्यापक समर्थन र साथ दिएका हुन्  ।

प्रतिक्रिया दिनुहोस्