| आइतवार, अशोज १६, २०७९

चोलेन्द्रको सर्वोच्च जाने तयारी, नेपाल बार र न्यायाधीशहरूको रोक्ने तयारी

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालतमा फर्कने जानकारी गराउनु भएको छ । जबराले शनिवार आफू आइतबारदेखि नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई जानकारी गराउनु भएको हो ।

तर, निलम्बन फुकुवा नभएको भन्दै उहाँलाई रोक्न नेपाल बार र सर्वोच्च अदालतका न्यायाधीशहरूले तयारी गरिरहनु भएको छ । उहाँहरूलाई   सरकारले पनि सहयोग गर्ने संकेत दिएको छ ।

शनिवार राति महाभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएका थियो । समितिले प्रतिवेदन बुझाउँदै गर्दा जबराले  आफू नियमित काममा फर्कने सूचना सर्वोच्च प्रशासनलाई पठाउनु भएको थियो ।

जबराले आफू आइतबारदेखि नियमित काममा फर्किने  भन्दै कामु मुख्य रजिस्ट्रार नारायण पन्थीलाई ‘निर्देशन’ दिनुभएको थियो । छानबिन गरिरहेको प्रतिनिधिसभाको कार्यकाल  सकिएकाले महाभियोगको अस्तित्व सकिएको भन्दै उहाँले  आफू पदमा बहाल हुने खबर पठाउनु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्