| शनिबार, बैशाख ८, २०८१

कोरोना संक्रमणबाट एकै दिन ५ जनाको मृत्‍यु, ८१५ जना संक्रमित

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु भएको छ भने थप ८१५ जना संक्रमित भएका छन् ।कोरोनाको पछिल्लो लहरमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ४११जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको हो ।

यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्