| बिहिबार, मंसिर १६, २०७८

अब साइबर सेनाको नाम ‘साइबर सर्कल’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साइबर सेनाको नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ राख्ने घोषणा गर्नुभएको छ ।

हिजो राष्ट्रिय सभागृहमा नेकपा एमालेको भात्रृ संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा युवा संघकै अन्तर्गत गठन भएको साइबर सेनाको नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ नामाकरण गरिएको हो ।

युवा नेता महेश बस्नेतको प्रस्तावमा ‘साइबर सेना’को नाम परिवर्तन गरिएको बताइएको छ । सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिएकाले नाम परिवर्तन गरेर गरिएको एमाले अध्यक्ष ओलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्