काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २४२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ७ हजार १३६ जनामा परिक्षण गर्दा २४२  जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप ४४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३०३ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४९५      पुगेको छ ।