काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ४  हजार ७१२ जनामा परिक्षण गर्दा २७२ जनामा कोरोना संक्रमण देखिएको हो ।   यस्तै, आज थप ७७७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २७७   पुगेको छ ।