काठमाडौं –  पछिल्लो २४ घण्टामा थप ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १३ हजार १३५ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा  ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप १ हजार ५९५ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या २६ हजार ४१९ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  २५ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ९ हजार ६०७  जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।