| सोमवार, साउन १८, २०७८

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्दै दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो फैसला सुनाएको हो ।

अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन समेत भनेको छ ।

गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी गरिएको राष्ट्रपतिको निर्णय बदर पनि बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्