काठमाडौं – ​​​​​​​ पछिल्लो २४ घण्टामा थप २ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा ७ हजार १० पीसीआर र ४ हजार ६ सय ८६ एन्टिजेन गरि कुल ११ हजार ६ सय ९६ जनाको परीक्षण गर्दा २ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप  ३ हजार ६६० जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ५७ हजार ६१८  रहेको छ  ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  ३४ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल ८ हजार ६७५  जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।