| शनिबार, बैशाख ८, २०८१

थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि, ८१ जनाको मृत्यु

काठमाडौँ – नेपालमा थप  ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जना गरी कुल ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप  ५ हजार ७६८ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ८० हजार ३३६ रहेको छ  ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ८१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण का कारण ज्यान गुमाउनेहरुको संख्या ८ हजार १७९ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्