| सोमवार, असार ७, २०७८

थप ९ हजार २४७ जनामा संक्रमण पुष्टि, २१४ जनाको मृत्यु

काठमाडौं, ३ जेष्ठ – नेपालमा आज थप ९ हजार २४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा २२ हजार ८७ जनाको परीक्षण गर्दा ९ हजार २ सय ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

हाल देशभर सक्रिय संक्रमितहरुको संख्या १ लाख १३ हजार ४ सय ८० जना रहेको छ । गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएका छन्।

आज एकै दिन देशभर २ सय १४ जनाको कोरोना संक्रमणका कारण  मृत्यु भएको छ। योसँगै कूल मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्