काठमाडौं, २१ वैशाख –  नेपालमा आज थप ७ हजार ५८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालय अनुसार देशभरमा पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ८७ हजार ७९० जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । हाल नेपालमा सक्रिय संक्रमितहरुको संख्या ५९ हजार ७९८ जना छन् ।

मन्त्रालयका अनुसार आज काठमाडौंमा २ हजार ७७९ जना, भक्तपुरमा ५१३ जना र ललितपुरमा ६०१ जनामा कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै आज थप ५५ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ ।