| मङ्लबार, जेष्ठ ४, २०७८

थप ७ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

काठमाडौं, २० वैशाख –  नेपालमा थप ७ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस सँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ३ लाख ४३ हजार ४१८ जना पुगेको छ ।

मन्त्रालय अनुसार देशभरमा पछिल्लो २४ घण्टामा २ हजार २१ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ८६ हजार १५ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । हाल नेपालमा सक्रिय संक्रमितहरुको संख्या ५४ हजार ४१ जना छन् ।

आज काठमाडौँमा २ हजार ९२२ जना, भक्तपुरमा २२२ जना र ललितपुरमा ५२२ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै आज थप ३७ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्