| शनिबार, बैशाख ८, २०८१

थप २७० जनामा कोरोना सङ्क्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं, २ माघ – नेपालमा गत २४ घण्टामा २७० जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३९० जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ६० हजार ५ सय ६७ जना पुगेको छ । त्यस्तै देशभर हाल सक्रिय संक्रमितहरुको संख्या ४ हजार ३०१ छ ।

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १९४८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्