काठमाडौं, ८ मङ्सिर –  नेपालमा आज थप १ हजार ९८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ९८० जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । पछिल्लो २४ घन्टामा ३०४३ जना डिस्चार्ज भएका छन् ।