संयुक्त राज्य अमेरिकामा ५२ लाख ५१ हजार ४४६ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने १ लाख ६६ हजार १९२ भन्दा धेरैको ज्यान गएको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ३० लाख ५७ हजार ४७० पुगेको छ भने १ लाख १ हजार ८५७ भन्दा बढिको मृत्यु भइसकेको छ ।

छिमेकी मुलुक भारतमा २२ लाख ६७ हजार १५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेहरुको संख्या ४५ हजार ३५३ पुगेको छ ।

रसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख ९२ हजार ६५४ पुगेको छ भने मृत्यु हुनेको संख्या १५ हजार १ पुगेको छ ।

साउथ अफ्रीकामा ५ लाख ६३ हजार ५९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने १० हजार ६२१ जनाको मृत्यु भइसकेको छ ।

मेक्सिकोमा कोरोना संक्रमितको संख्या ४ लाख ८५ हजार ८३६ पुगेको छ । त्यहाँ ५३ हजार ३ भन्दा बढिको मृत्यु भएको जनाएको छ ।

पेरुमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ७८ हजार २४ जना पुगेको छ । त्यहाँ २१ हजार ७२ भन्दा बढिको मृत्यु भइसकेको छ ।

त्यस्तै कोलम्बियामा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ९७ हजार ६२३ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या १३ हजार १५४  पुगेको छ ।