संयुक्त राज्य अमेरिकामा ५१ लाख ९९ हजार ४४४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने १ लाख ६५ हजार ६१७ भन्दा धेरैको ज्यान गएको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ३० लाख ३५ हजार ५८२ पुगेको छ भने १ लाख १ हजार १३६ भन्दा बढिको मृत्यु भइसकेको छ ।

छिमेकी मुलुक भारतमा २२ लाख १४ हजार १३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेहरुको संख्या ४४ हजार ४६६ पुगेको छ ।

रसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख ८७ हजार ५३६ पुगेको छ भने मृत्यु हुनेको संख्या १४ हजार ९३१ पुगेको छ ।

साउथ अफ्रीकामा ५ लाख ५९ हजार ८५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने १० हजार ४०८ जनाको मृत्यु भइसकेको छ ।

मेक्सिकोमा कोरोना संक्रमितको संख्या ४ लाख ८० हजार २७८ पुगेको छ । त्यहाँ ५२ हजार २९८ भन्दा बढिको मृत्यु भएको जनाएको छ ।

पेरुमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ७८ हजार २४ जना पुगेको छ । त्यहाँ २१ हजार ७२ भन्दा बढिको मृत्यु भइसकेको छ ।

त्यस्तै कोलम्बियामा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ८७ हजार ४८१ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या १२ हजार ८४२  पुगेको छ ।