| आइतवार, बैशाख २, २०८१

अर्को दशैंमा सीता र रामको मूर्ति उद्घाटन गर्ने गरी काम गर्नुस : प्रधानमन्त्री

काठमाडौँ, २४ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै २०७८ सालको दशौंसम्ममा सीता–रामको मूर्ति उद्घाटन गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

माडी नगरपालिकाका जनप्रतिनिधिहरु शनिबार साँझ बालुवाटार भएको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले अध्योध्याधामको मास्टर प्लान बनाउन माडी (चितवन) का जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको हो ।  माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘रामको जन्भभूमि अयोध्यापुरी नै हो । त्यहाँ रामको भब्य मन्दिर बनाउनुस् । त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न मास्टर प्लान बनाएर पठाउनुस् ।’

प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नाम परिर्वतन गरेर अयोध्यापुरी राख्नसमेत सुझाव दिनुभएको बताइएको छ । भेटमा जनप्रतिनिधिहरुले भने राष्ट्रिय निकुञ्जका समस्या र दुईहप्ता अघि जलेको चेपाङको घर र उनीहरुको बसोबासको समस्याबारे पनि कुरा उठाएका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले यसबारे वन मन्त्रालयले अध्ययन गरिसकेको तथा मन्त्रिपरिषद् कार्यालयको टोलीले अध्ययन गरिरहेको भन्दै दुबै प्रतिवेदन आएपछि रक्षा, वन र संघीय मामिलामन्त्रीसहित बैठक राखेर छलफल गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्