संयुक्त राज्य अमेरिकामा ४८ लाख १३ हजार ६४० जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने १ लाख ५८ हजार ३४७ भन्दा धेरैको ज्यान गएको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या २७ लाख ३३ हजार ६७७ पुगेको छ भने ९४ हजार १३० भन्दा बढिको मृत्यु भइसकेको छ ।

छिमेकी मुलुक भारतमा १८ लाख ४ हजार ७०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेहरुको संख्या ३८ हजार १६१ पुगेको छ ।

रसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख ५० हजार ८७० पुगेको छ भने मृत्यु हुनेको संख्या १४ हजार १२८ पुगेको छ ।

साउथ अफ्रीकामा ५ लाख ११ हजार ४८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ८ हजार ३६६ जनाको मृत्यु भइसकेको छ ।

मेक्सिकोमा कोरोना संक्रमितको संख्या ४ लाख ३४ हजार १९३ पुगेको छ । त्यहाँ ४७ हजार ४७२ भन्दा बढिको मृत्यु भएको जनाएको छ ।

पेरुमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख २८ हजार ८५० जना पुगेको छ । त्यहाँ १९ हजार ६१४ भन्दा बढिको मृत्यु भइसकेको छ ।

त्यस्तै चिलीमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ७३१ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या ९ हजार ६०८  पुगेको छ ।