संयुक्त राज्य अमेरिकामा ४७ लाख ५ हजार ८८९ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने १ लाख ५६ हजार ७४७ भन्दा धेरैको ज्यान गएको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या २६ लाख ६६ हजार २९८ पुगेको छ भने ९२ हजार ५६८ भन्दा बढिको मृत्यु भइसकेको छ ।

छिमेकी मुलुक भारतमा १६ लाख ९७ हजार ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेहरुको संख्या ३६ हजार ५५१ पुगेको छ ।

रसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख ३९ हजार ९८१ पुगेको छ भने मृत्यु हुनेको संख्या १३ हजार ९६३ पुगेको छ ।

साउथ अफ्रीकामा ४ लाख ९३ हजार १८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ८ हजार ५ जनाको मृत्यु भइसकेको छ ।

मेक्सिकोमा कोरोना संक्रमितको संख्या ४ लाख २४ हजार ६३७ पुगेको छ । त्यहाँ ४६ हजार ६८८ भन्दा बढिको मृत्यु भएको जनाएको छ ।

पेरुमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ७ हजार ४९२ जना पुगेको छ । त्यहाँ १९ हजार २१ भन्दा बढिको मृत्यु भइसकेको छ ।

त्यस्तै चिलीमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५५ हजार ६६७ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या ९ हजार ४५७  पुगेको छ ।