छक्का पन्जा ४ ले मनायो गौरवमय ५१ औ दिन (तस्विरहरु)

काठमाडौँ – छक्का पन्जा ४ ले गौरवमय ५१ औ दिन मनाएको छ ।

आइतबार साझ लाजिम्पाट स्थित होटेल ले हिमालयनमा छक्का पन्जा ४ को टोलीले गौरवमय ५१ औ दिन मनाएको हो । हाल छक्का पन्जा ४ नेपाल भरिका २० वटा हलहरुमा एकै साथ ५१ दिन सम्म चलिरहेको छ ।

कार्यक्रम नायिका दिपाश्री निरौला र दिपक गिरीले सबै दर्शक, कलाकार, प्राविधिक, चलचित्र मन्दिर सबैलाई साथका लागि धन्यवाद दिनु भएको थियो ।

अभिनेता, निर्माता तथा लेखक दीपकराज गिरीले दर्शकको मायाले दायित्व थपिएको बताउनुभयो । “हामीले चलचित्र निर्माण गरेदेखि नै एकाउन्न दिनको यात्रा तय गरिरहेका छौँ, यसले दायित्व थपेको छ, हामीले अझैँ मेहनती भएर दर्शक मन जित्नुपर्ने हुन्छ”,  गिरीले भन्नुभयो । दर्शकले सामाजिक सञ्जालसँगै विविध माध्यममार्फत ‘छक्का पञ्जा ५’ ल्याउनुपर्ने माग राखिरहेका छन् ।

चलचित्रमा दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गर्नुभएको छ । ‘छक्का पञ्जा’ को तेस्रो शृङ्खलासम्म अभिनेत्री निरौलाले नै निर्देशन गर्नुभए पनि चौथो शृङ्खलालाई हेमराज बिसीले निर्देशन गर्नुभएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्