| आइतवार, बैशाख २, २०८१

चलचित्र आँधी तुफान-२ को छायाङ्कन सकियो

काठमाडौँ – एसिया कै अग्ला नायक सञ्जय खतिवडाले अभिनय गरेको चलचित्र आँधी तुफान -२ को छायाङ्कन सक्किएको छ ।

कुल सवा करोड रुपैयाँ खर्च पश्चात् उक्त चलचित्रको निर्माण कार्य सम्पन्न भएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठका अनुसार क्यामेरा ‘अन’ भएको ३१ दिनमा हिजो बुधवार चलचित्रको छायाङ्कन सकिएको हो । लेखक तथा निर्माता श्रेष्ठका अनुसार आँधी तुफान- २ को कूल निर्माण लागत बढेर करिब सवा करोड रुपैयाँ पुगेको बताउनुभएको छ । चलचित्रमा भव्य तथा वृहत् लोकेसन, फरक द्धन्द, विग क्यानभास आदिका कारण चलचित्रको लगानी बढेको उहाँले बताउनु भयो ।

चलचित्रका निर्देशक मदन घिमिरे र निर्माता चक्र घर्ती मगरले दिएको जानकारी अनुसार अझै एउटा गीतको छायाङ्कन बाँकी रहेको र चलचित्रमा द्धन्दको छायाङ्कन गर्ने क्रममा केही कलाकारहरू घाइते समेत भएका थिए । काठमाडौँ र धुलिखेलमा खिचिएको उक्त चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । चक्र घर्ती मगर निर्माता रहेको चलचित्रमा नायक सञ्जय खतिवडालाई भव्य गेट अप मा देखाइएको छ।

चलचित्रमा सञ्जयका अलावा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, पुष्कर राउत,  सिवन लामा, रवि गिरी, सुदीप आचार्य, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी लगायतको अभिनय छ । रामशरण उप्रेतीको छायाङ्कन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको सङ्गीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहेको ‘आँधी तुफान २’ ले एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा भन्नेछ । ०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको सुपर हिट चलचित्र ‘आँधी तुफान’ को १६ वर्षपछि सिक्वेल निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्