काठमाडौँ – प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको निधन भएको छ।

आज  बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा ९८ वर्षको उमेरमा उहाँको निधन भएको हो । सास फेर्न गाह्रो भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो।

उहाँले पाँच दशक लामो चलचित्र यात्रामा ६५ वटाभन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको थियो ।  दिलीप कुमार २२ वर्षको हुँदा सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट चलचित्र यात्रा सुरु गर्नुभएको थियो ।