| सोमवार, साउन १८, २०७८

बलिउड अभिनेता आमिर खानको सम्बन्धविच्छेद

मुम्बई – बलिउड अभिनेता तथा मिस्टर पर्फेक्सनिस्ट आमिर खान तथा उनकी श्रीमती किरण रावले सम्बन्धविच्छेद गर्ने घोषणा गरेका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार संयुक्त रुपमा विज्ञप्ति निकाल्दै यो जोडीले अलग्गिने घोषणा गरेका हुन्।

विज्ञप्तिमा आमिर खान र किरण रावले, ‘हामीले यो १५ वर्षमा जीवनभरका खुसी, अनुभव एक अर्कामा बाँड्यौं। हाम्रो सम्बन्धमा विश्वास, सम्मान र प्रेम अझै छ। अब हामी जीवनको अर्को अध्याय सुरू गर्न चाहन्छौं। तर पति र पत्नी भएर होइन, आमा बुवा भएर, परिवारको रूपमा’ रहने भनेका छन्

उनीहरुले ‘हामीले केही समय पहिला नै अलग हुने विचार गरिरहेका थियौं। अब यसलाई औपचारिकता दिँदैछौं। हामी हाम्रो छोरा आजादप्रति समर्पित छौं। उसलाई मिलेर पालनपोषण गर्नेछौं। हामी फिल्म, पानी फाउण्डेसन र अन्य परियोजनामा पनि सहकार्य गर्नेछौं’, विज्ञप्ति मार्फत भनेका छन् ।

आफूहरूले केही समय अघि नै अलग हुने तय गरिसकेको हुनाले अहिले सम्बन्ध विच्छेदलाई औपचारिकता दिन लागेको बताएका छन् । आमिर खान र किरण रावको एउटा १५ वर्षीय छोरा छन्।

प्रतिक्रिया दिनुहोस्