| शुक्रबार, फाल्गुन २१, २०७७

म सेक्सी हुँदा तपाईंलाई के समस्या ? : ज्योती मगर

काठमाडौँ, १२ माघ – नेपाली गायिका ज्योति मगर स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न प्रकृतिका अभिव्यक्ति कारण समय–समयमा चर्चामा आइरहन्छिन् ।

सामाजिक संजाल फेसबुकमा गायिका मगरले आइतवार आफ्नो एउटा बोल्ड तस्विर शेयर गरेकी छिन् । देशको कुनै ग्रामिण भेगमा खिचिएको   उक्त तस्विरमा उनले आफ्नो तस्विरमा वक्षस्थल स्पष्टसँग देखिने गरि टिसर्ट माथि तानेकी छिन् ।

गायिका ज्योतीले बोल्ड तस्विर सार्वजनिक गर्नु कुनै नौलो नभएपनि आइतवार सार्वजनिक गरेको तस्विरसँगैको उनको ‘क्याप्सन’ले धेरैको ध्यानाकर्षण गराएको छ ।

क्याप्सनमा उनले लेखेकी छन्–

‘म सेक्सी देखिन आफुलाई रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । तपाईं यसलाई सहजरुपमा लिन सक्नुहुन्न भने यो तपाईंको समस्या हो । मलाई बाल मतलब !’

ज्योती मगरको फेसबुक पेज हेर्न यहाँ थिच्नुहोस्

प्रतिक्रिया दिनुहोस्