| शनिबार, बैशाख ८, २०८१

राष्ट्रिय संगीतकर्मी संघ भक्तपुरको तेश्रो महाधिवेसन सम्पन्न

भक्तपुर, ११ पौष – राष्ट्रिय संगीतकर्मी संघ भक्तपुरले आज आफ्नो तेश्रो महाधिवेसन सम्पन्न गरेको छ ।

राष्ट्रिय संगीतकर्मी संघ भक्तपुरले राधेराधे स्थित टाउन किचेन स्टेसनमा आयोजना गरेको तेश्रो महाधिवेसनबाट अध्यक्ष पदमा भुवन दुलाल, सचिवमा कुसुम दुलाल र कोषाध्यक्षमा कृष्ण मुरारी गौतमलाई  सर्बसम्मत चयन गरेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्वमन्त्री महेश बस्नेतलाई आमन्त्रण गरेको थियो ।

कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री महेश बस्नेतले कलाक्षेत्रमा आफ्नो संधै साथ र सहयोग रहने बताउनुभयो । पूर्वमन्त्री बस्नेतले आफु उद्योग मन्त्री हुँदा कलाक्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न पहल गरेको समेत बताउनुभयो । पूर्व मन्त्री बस्नेतले राष्ट्रिय संगीतकर्मी संघलाई आवश्यक पर्ने भवनलाई आफुले नगरपालिका सँग छलफल र सहकार्य गरि उक्त कुरा टुंग्याउने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्