| मङ्लबार, फाल्गुन १८, २०७७

‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी र विजुलाई

काठमाडौँ, ५ पौष – ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जित्नु भएको छ ।

 ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को शनिबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा सुमी मोक्तान र विजु पार्कीले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पार्न सफल हुनु भएको छ ।

उपाधीसँगै उहाँहरुले २० लाख पुरस्कार समेत प्राप्त गर्नुभएको छ । साथै उहाँहरुले विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नुभएको छ । यस्तै, शोमा फस्ट रनरअपको उपाधि वुद्ध लामा र केविका गुरुङले प्राप्त गर्नुभएको छ भने सेकेन्ड रनरअपमा प्रियना आचार्य र सुभम् भुजेल उपाधि लिन सफल हुनुभएको छ। उहाँहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्