काठमाडौं, २० असोज–कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कलाकार आचार्यले आफुलाई कोरोना भएको  सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन ।

सामाजिक सञ्जालमा उनि लेख्छन, सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको पिसिआर टेष्ट गरेका थियौं ,हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो, हाम्रो स्वास्थ्य अवस्था सामान्य छ । हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला  ।