| बुधबार, साउन २८, २०७७

दीपाश्रीलाई माफि दिन नायक राजेश हमालको आग्रह

काठमाडौँ, ३१ असार – नायक राजेश हमालले मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गर्नुभएको छ ।

नायक हमालले भन्नुभयो –‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’

दर्शकसँग एउटा कलाकारलाई आफ्नो क्षमता पस्किन सधै प्रेरित गर्न पनि अपिल गर्दै उहाँले भन्नुभयो “यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु । कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु । हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्