| आइतवार, साउन २५, २०७७

भारतीय कलाकार इरफान खानको मृत्यु

काठमाडौँ, १७ वैशाख – भारतीय चलचित्रकर्मी इरफान खानको आज मृत्यु भएको छ ।

मुम्बई स्थित कोकिलाबेन धिरूभाई अम्बानी अस्पतालमा उपचारका क्रममा ५४ वर्षको उमेरमा खानको निधन भएको हो । उनी २ वर्षदेखि न्युरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए ।

भारतको राजस्थानमा जन्मेका इरफान खान पश्तुन मुस्लिम परिवारमा जन्मेका थिए । उनले विभिन्न हिन्दी तथा अंग्रेजी चलचित्रहरुमा आफ्नो भूमिका निर्वाह गरेका थिए । उनका केहि हिट फिल्महरु पान सिंह तोमार, बिल्लु, अंग्रेजी मेडियम, स्ल्म डग मिलेनियर, लाइफ अफ पाई र लाइफ इन मेट्रो आदि हुन्  ।

गत शनिबार मात्र उनकी आमा सइदा बेगमको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्