| आइतवार, अशोज १६, २०७९

बलात्कारको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर – १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

कपिलवस्तु बुद्धभूमि नगरपालिका-३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका-२ मगर गाउँ बस्ने ४० वर्षीय राजु नेपालीलाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्