| आइतवार, अशोज १६, २०७९

थिमिमा चोरीको घटना दिनहुँ बढ्दै

भक्तपुर – मध्यपुर थिमि नगरपालिकामा चोरीको घटना दिनहुँ बढ्दै गइरहेको छ।

मध्यपुर थिमि नगरपालिका वडा नं -२ सानोथिमिस्थित काभ्रे भुम्लु गाउँपालिका-२ घर भएका ४५ वर्षीय ईन्द्र कुमार प्रसाईको निर्माणाधीन घरबाट करिब ४ लाख रूपैयाँ मूल्य बराबरका धाराका फिटिङहरु र धाराहरु गएराति चोरी भएको हो ।

चोरले घरको भण्डार कोठाको ताला फुटाई धाराका फिटिङहरु र धाराहरु चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी घटनास्थलमा पुगेको थियो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्