| आइतवार, अशोज १६, २०७९

बालिका बलात्कारको आरोपमा भक्तपुरका एक युवक पक्राउ

भक्तपुर। बालिका बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक जना युवक पक्राउ परेका छन्।

दोलखाको शैलुङ गाउँपालिका-७ वर्ष १९ का अशोक भन्ने अनिश भुजेललाई प्रहरीले १३ बर्षीया बालिकालाई बलात्कारको आरोपमा पक्राउ गरेको हो ।

बालिकालाई विभिन्न प्रलोभनमा पारी भुजेलले आफू काम गर्ने भक्तपुर नगरपालिका-१ दुधपाटीको मम एण्ड पिज्जा हाउसमा बोलाई जबर्जस्ती करणी गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले भुजेललाई ललितपुर महानगरपालिका-९ भुलढोकाबाट पक्राउ गरी ल्याएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्