| बिहिबार, बैशाख ६, २०८१

भक्तपुरमा चोरको बिगबिगी

भक्तपुर – पछिल्लो समय भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा चोरको बिगबिगी बढेको छ ।

मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ गठ्ठाघरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका-१ घर भएका २८ वर्षीय विकास केसीको कोठाबाट सोमबार दिउँसो नगद, सुनका विभिन्न गरगहनाहरू समेत गरी करिब ८ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

गठ्ठाघर क्षेत्रमा प्रहरीकै उच्च ओहदाका हाकिमहरूको बसोबास रहे पनि उक्त क्षेत्रमा चोरको बिगबिगी दिनहुँ बढ्दै गएको छ । हालसम्म प्रहरीले कुनै ठोस कदम नचाल्दा उक्त क्षेत्रमा चोरीको घटना बढ्दै गइरहेको छ।

यसअघि असारमा पनि गठ्ठाघर स्थित करुणा लिक्वरबाट करिब ५ लाख बराबरको चोरी भएको थियो। चोरको अनुहार सिसिटिभी क्यामेरामा कैद हुँदा र उक्त प्रमाण प्रहरीलाई उपलब्ध गराउँदा समेत प्रहरीले हालसम्म उक्त चोरलाई पक्राउ गर्न सकेको छैन ।

प्रहरीले चोरीमा संलग्न भएका र हाल फरार रहेका व्यक्तिहरूको खोजी कार्य भइरहेको र आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्