| शनिबार, बैशाख ८, २०८१

भारतीय अभिनेत्रीले लकडाउनमा सुरु गरे यौनधन्दा

नयाँदिल्ली, २१ जेठ – कोरोनाको कारण काम नभएको र आर्थिक समस्यामा परेको भन्दै दुई भारतीय नायिकाले यौन धन्दा सुरु गरेको खुलासा गरेका छन् ।

भारतमा बुधबार प्रहरीले एक घरमा छापामारी गर्दा सेक्स ¥याकेटको पर्दाफास गरेको छ । भारतको ठाणे क्राइम ब्रान्च युनिट १ को टीमले अनुसन्धान गर्दा दुई जना भारतीय अभिनेत्री, एक महिला दलाल, एक पुरुष दलाल र एक महिला एजेन्ट समेत पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विशाल उत्तमचन्द जैन (दलाल), हसीना खालिद मेमन(दलाल), स्विटी चड्डा( अपार्टमेन्ट उपलब्ध गराउने) रहेका छन् ।

सोधपुछ गर्दा उनीहरुले लकडाउनमा काम नपाएको कारण वेश्यावृत्तिको काम सुरु गरेको प्रहरीलाई बताएछन् । काम नपाएका कारण उनीहरुलाई आर्थिक अभाव भएको र केही सीप नलागेर यो पेशालाई अपनाउन बाध्य भएको उनीहरुले बताएका छन् ।

पक्राउ परेका दुबै अभिनेत्री मुम्बईमा एउटा ठूलो सेक्स र्याकेट एजेन्टको सम्पर्कमा थिए । प्रहरीको खासै डर नभएकाले उनीहरुले यौन कर्मका ठाणे शहरलाई छानेको पाईएको छ। दलालले ग्राहकसँग एक रातको लाखौं रकम असुल गरेको पनि जनाएको छ।

प्रहरीले यसलाई हाई प्रोफाइल सेक्स ¥याकेट बताएको छ र यसबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्