| सोमवार, असार ७, २०७८

भक्तपुरबाट ७ जना पक्राउ

भक्तपुर, ४ वैशाख – चाँगुनारायण नगरपालिका-४ चाँगुछाप बस्ने मिना तामाङको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय अरुण गुरुङ लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मिनाको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगर ८२ हजार रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

हाल फरार मिनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्